Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मिटरब्याज पीडितको आन्दोलनमा एकीकृत समाजवादीको ऐक्यबद्धता

    मिटरब्याज पीडितको आन्दोलनमा एकीकृत समाजवादीको ऐक्यबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 420
    SHARES

    काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनामा ऐक्यबद्धता जनाएका छन् ।

    मंगलबार बानेश्वरमा पुगेर पीडितहरूलाई भेट्दै खनालले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।



    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पीडितहरूका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।



    खनालले भने,’तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता छ । तपाईंहरूले सारेका मागहरूलाई सरकारले तुरुन्त सुन्नुपर्छ । तपाईंका समस्याहरू तुरुन्त हल हुनुपर्छ ।’

    ११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार बिहानैबाट पुनः विरोध गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार