Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोनालाई सामान्य रूघाखोकी भन्दै बेवास्ता नगर्नुस्

    स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोनालाई सामान्य रूघाखोकी भन्दै बेवास्ता नगर्नुस्

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

    मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।



    मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए तत्काल कोरोना परीक्षण गराउन आग्रह गरेको छ।

    भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार