Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ८१ करोडमा सीमित

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ८१ करोडमा सीमित

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 393
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको चौथो दिन नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ ।

    आज १३ वटा उपसमूहमध्ये पाँचवटाको समूहगत परिसूचक उकालो लागेको छ भने आठवटाको समूहगत सूचक ओरालो लागेको छ ।



    बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ ।



    नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

    आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको सेयरधनीमा एनआईसी एशिया बैंकको ३ करोड ५६ लाखको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार