Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कैलाली, ८ महिनामा २७९ जना पक्राउ

    लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कैलाली, ८ महिनामा २७९ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 831
    SHARES

    कैलाली । कैलाली लागुपदार्थ दुर्व्यसनीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । भारतसँगको खुला सीमानाका, चिकित्सकहरुको सिफारिस बिना मेडिकलहरुले जथाभावी औषधी दिन थालेपछि दुर्व्यसनी बढ्दै गएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीको चालु आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले कैलाली लागुऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ ।



    जिल्लामा चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा मात्रै लागुऔषध प्रयोग गर्ने र ओसारपसारमा संलग्न रहेका २७९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा धेरै भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।



    डीएसपी चन्दका अनुसार उनीहरुविरुद्ध लागुऔषध सम्बन्धीका १९० वटा मुद्दा दर्ता गरिएको छ । सबैभन्दा धेरै ४३ किलो चरेश, ४८० ग्राम खैरो हेरोइन, ५८७ ट्याब्लेट नाइट्रोभेट, १२०० क्याम्पसुुल नाइट्रोजपाम, १२८ ग्राम गाजा लगायतका लागुऔषध बरामद गरिएको छ ।

    यस्तै आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धीका ९१ मुद्दामा १३२ जनालाई पक्राउ गरिएको थियो । सबैभन्दा धेरै ब्राउन सुगरमा ६ महिलासहित ८३ जना, नाइट्रोभेटमा २० जना, चरेशमा ११ जना, स्पास्मोमा १० जना, गाँजामा ४ र अन्यमा ४ जनालाई मुद्दा चलाइएको थियो ।

    गत आर्थिक वर्ष २०७८/७९ मा लागुुऔषध सम्बन्धीका २०१ मुद्दामा ३१५ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । जसमा २९७ जना पुरुष र १८ जना महिला थिए । यो वर्ष कैलालीका विभिन्न ठाउँबाट ४४ किलो चरेश, ४६९ ग्राम खैरो हेरोईन, तीन हजार ५५५ ट्याब्लेट नाइट्रोभेट, एक हजार २१५ क्याप्सुल स्पास्मो, ८० क्याप्सुल नाइट्रोजपाम लगायतका लागुऔषध बरामद गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार