Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ठगी आरोपमा पूर्वराजदूतकी पत्नी रेनुकुमारी पक्राउ

    ठगी आरोपमा पूर्वराजदूतकी पत्नी रेनुकुमारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 882
    SHARES

    काठमाडौं । ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी पत्नी रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन् । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

    उनले जग्गा बैना गरेर ७० लाख रुपैयाँ लिएको तर पछि जग्गा पास नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त जग्गा रोक्का रहेको खुलेको छ।



    पक्राउ परेकी रेनुकुमारीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ भने जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।



    पक्राउ परेकी बस्न्यातका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार