Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानमा पिठोका लागि भागदौड, ११ जनाको मृत्यु

    पाकिस्तानमा पिठोका लागि भागदौड, ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 744
    SHARES

    एजेन्सी । पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ ।

    मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो ।



    पिठो लिने क्रममा भागदौड मच्चिदा यो दुःखद घटना भएको स्थानीय न्युज एजेन्सीले बताएका छन् । ज्यान गुमाउनेहरूमा २ जना महिलासमेत रहेको बताइएको छ।



    भागदौडको घटना पञ्जाब प्रान्तको ४ वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार