Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हर्क साम्पाङको चेतावनी – ऋण मिनाहा नगरे म पनि आन्दोलनमा कुद्छु

    हर्क साम्पाङको चेतावनी – ऋण मिनाहा नगरे म पनि आन्दोलनमा कुद्छु

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 651
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।  मेयर ‍साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताए ।



    एसियाली विकास बैंक (एडिबी) बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै उनले मिनाहा नगरे आन्दोलनमा उत्रने चेतावनी दिए ।



    उनले ऋण मिनाहाका लागि आफूले पटक(पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेपनि यसको सुनुवाइ नभएको गुनासो समेत गरे ।

    उनी लेख्छन्,’मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैले त्यसो गरेको छ। १५ मा लिएर ५५ मा हाम्लाई दिएको छ। यो ऋण मिनाह गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरें तर सुनुवाइ भएन। ध्यान जावोस यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ।’

    धरानमा सरकारले एसियाली विकास बैंक ९एडिबी० को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार