Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नारायणकाजी गृहमन्त्री पक्का, रक्षामन्त्री पूर्णबहादुर

    नारायणकाजी गृहमन्त्री पक्का, रक्षामन्त्री पूर्णबहादुर

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

    सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।



    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिने पक्का भएको छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष श्रेष्ठको मन्त्रालय हेरफेर हुनेछ ।



    माओवादी भित्रका अन्य मन्त्रीको जिम्मेवारी हेरफेर गर्न आन्तरिक छलफल चलिरहेको बताइएको छ । यस्तै सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

    कांग्रेसले पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको छ । उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी खड्काले पाउने पक्का भएको बताइएको छ । बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार