Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई

    ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई हराउदै च्याम्पियन बनेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो।



    एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ६ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो।



    एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।

    कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५, लकिता राजवंशीले २१ र अप्सरा बेगमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार