Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट १७ करोड बढीको कोकिन तस्करी, दुई भारतीय महिला पक्राउ

    नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट १७ करोड बढीको कोकिन तस्करी, दुई भारतीय महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषध कारोबारमा संलग्न दुई भारतीय महिलालाई १७ करोड भन्दा बढीको कोकिनसहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ४६ वर्षीय भनल्वामी र २९ वर्षीय इस्थर ललिम्पुई रहेका छन् । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करी गर्ने उनीहरुलाई एनसीबीको टोलीले पक्राउ गरेको हो।



    भनल्वामी चैत १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् भने ललिम्पुई सोही दिन ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको एनसीबीले जनाएको छ ।



    त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको व्यागेज चेकजाँच गर्ने स्थानमा भनल्वामीले साथमा ल्याएको लगेज भित्र रहेको चारवटा लेडिज ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा २.८८७ किलो लागूऔषध कोकिन पक्राउ गरिएको एनसीबी प्रमुख एसएसपी बिकासराज खनालले बताए ।

    विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले चैत १४ गते नै ठमेलस्थित एक होटलमा रहेकी ललिम्पुईको साथमा रहेको सुटकेसभित्र फल्सबटम बनाई लुकाईएको अवस्थामा पाँच किलो अवैध लागूऔषध कोकिन फेला परेको हो ।

    प्रहरी अनुसन्धानमा भनल्वामीले दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागूऔषध नेपाल ल्याएको र ललिम्पुईले पश्चिम अफ्रिकाको बेनिमा भन्ने देशबाट कोकिन ल्याएको खुलेको छ । उनीहरु दुई जनाको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको व्युरो प्रमुख एसएसपी खनालले बताए ।

    एनसीबीका अनुसार बरामद लागूऔषध बोकीनको बजार मूल्य १७ करोड ३ लाख ५९ हजार २ सय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार