Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

    भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड (माध्यमिक शिक्षा परीक्षा) को कार्यालयले जनाएको छ ।



    एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ ।



    यस पटकको एसइई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ भने ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षामा सबैभन्दा बढी १ लाख ६ हजार विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ४१ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

    बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार