Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एसएसपी खड्कालाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    एसएसपी खड्कालाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 537
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई दिइएको छ ।

    यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात् वरिष्ठ उपरीक्षक खड्कालाई जिम्मेवारी दिइएको हो ।



    सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी वरिष्ठ उपरीक्षक खड्कालाई दिइएको जानकारी दिए ।



    प्रवक्ता खड्काले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने सशस्त्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार