Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • १० हजार सापटी फिर्ता नगरेको झोंकमा हत्या, पानी ट्यांकीभित्र शव !

    १० हजार सापटी फिर्ता नगरेको झोंकमा हत्या, पानी ट्यांकीभित्र शव !

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 615
    SHARES

    तनहुँ । तनहुँमा १० हजार सापटी फिर्ता नदिएको निहुँमा महिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । धादिङ गंगाजमुना गाउँपालिका ४ घर भई पोखरा महानगरपालिका १२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको खुलेको हो ।

    जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पपिलटार खानेपानीको ट्यांकीमा गत आइतबार एक महिलाको शव भेटियो । २/३ दिनदेखि पानीमा गन्ध आयो भन्दै उपभोक्ताले गुनासो गरेपछि समितिले ट्यांकीको ढक्कन खोलेर हेर्दा पानीमा शव तैरिरहेको अवस्थामा थियो । सोही हत्या आरोपमा दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो ।



    उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-५ घर भई पोखरा-७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनार र पोखरा ४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराजलाई पक्राउ गरेको छ । उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन् । कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो ।



    उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए । शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए । विगत २ वर्षदेखि मृतक शान्ति र प्रकाशको चिनजान रहेछ । उनीहरूबीच पैसा लेनदेनसमेत हुने गरेको खुलेको छ ।

    पछिल्लो पटक प्रकाशले मृतक शान्तिलाई १० हजार रुपैयाँ सापटी दिएको र सोही पैसा पटक–पटक माग्दा पनि फिर्ता नपाएकाले उनले शान्तिलाई कर्तव्य गरी पानीको ट्यांकीमा फ्यालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट छोरा बिरामी भएको भन्दै शान्तिले पैसा फिर्ता नदिएको र गत फागुन २१ गते तनहुँको म्याग्दे गाउँपालिकास्थित थर्पुमा आफन्तकोमा पैसा सापटी लिई दिन्छु भनी दुवै जना तनहुँ आएको खुलेको छ ।

    सोही दिन बेलुका शान्तिलाई अभियुक्त प्रकाशले इट्टाले टाउकोलगायत सम्वेदनशील अङ्गमा प्रहार गरी उनको साथमा रहेको मोबाइल, पैसा र गरगहना लुटपाट गरेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा शिर्षकमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार