Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 717
    SHARES

    विराटनगर । सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जितेको छ ।

    विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै विराटनगर सिटीले उपाधि हात पारेको हो ।



    यो जितसँगै विराटनगर सिटीले ६१ वर्षपछि उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो ।

    २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । विराटनगर सिटीको जितमा अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरे ।

    विराटनगरले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार