Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन

    रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब स्वर्णिम दिनहरु आउने टिप्पणी गरेका छन् ।

    बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको समेत बताए ।



    उनले लेखेका छन् ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’



    आज मात्रै नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका थिए । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार