Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रारम्भिक उम्मेदवार सूची

    रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने

    रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 723
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

    बिहीबार राति सामाजिक सञ्जालमार्फत रास्वपाले प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ ।



    तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित तीनजनाको नाम छ । यस्तै, ईश्वर लामिछाने र डा. रूपक बिक घिमिरेले पनि तनहुँ–१ का लागि नाम दर्ता गरेका छन् ।



    बारा–२ का लागि दुईजना छन् । जसमा रमेश खरेल र युवराज न्यौपाने रहेका छन् । उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार