Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसईई परीक्षा आजदेखि, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

    एसईई परीक्षा आजदेखि, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।

    एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।



    बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ ।



    यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

    त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो ।

    यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार