Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, ३ बजे शपथ

    आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, ३ बजे शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गदैंछन् ।

    १० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।



    आज दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउने गरी तयारी भइरहेको बताइएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो ।



    कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा कांग्रेसमा छ ।

    हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार