Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ

    स्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 522
    SHARES

    धनुषा । धनुषामा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी चौकी बल्हागोठबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले दुवैलाई पक्राउ गरेको हो ।



    जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक धनुषाको धनुषाधाम नगरपालिका–२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादवको साथबाट १० लाख र मोटरसाइकल पछाडि बसेका १९ वर्षीय कृष्ण साहको साथबाट नेपाली नगद ४ लाख समेत गरी जम्मा नेपाली रुपैयाँ १४ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।



    दुवै जनामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार