Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आज दोस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    आज दोस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 414
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन् ।

    मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन् ।



    विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ ।उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।



    कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । आज मुख्यमन्त्री शर्माले एमाले र राप्रपाबाहेकको मत पाउने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार