Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता जारी

    सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 417
    SHARES

    काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी छ। गृह मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच केहीबेर अघिदेखि वार्ता भइरहेको हो ।

    सरकारले ४ सदस्यीय वार्ता टोली बनाएपछि आन्दोलनरत पक्षले पनि हिजो ५ सदस्यीय वार्ता टोली बनाएका छन्। जसमा संयोजक मनोज पासवानसहित सघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदीलाल पासवान छन्।



    उनीहरुले आफ्ना १० बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएका छन्। ​पीडितहरुले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउन माग गरेका छन् । ​



    उनीहरुले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन बनाउन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार