Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कर्णालीका मुख्यमन्त्री शर्माले ३ बजे पुन: विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्री शर्माले ३ बजे पुन: विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 456
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् ।

    सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।



    नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए ।



    कर्णाली प्रदेशसभामा कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक, एक गरी ४० सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार