Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर देखाई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।

तामाङले उपत्यकाका ४ भन्दा बढि स्थानमा डलर साट्ने भन्दै बिभिन्न व्यक्तिहरुलाई लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तामाङले विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई भक्तपुर दधि कोट उन्नाइस लाख, ललितपुर चाँगाथलीबाट दुई लाख, ललितपुर सानोगाउँबाट चार लाख र भक्तपुर बालकोट बाट पाँच लाख पचास हजार गरी जम्मा ३० लाख ५० हजार ठगी गरेका थिए ।

उनलेले व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी लुटपाट गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077