Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ

    डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 528
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर देखाई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।



    तामाङले उपत्यकाका ४ भन्दा बढि स्थानमा डलर साट्ने भन्दै बिभिन्न व्यक्तिहरुलाई लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    तामाङले विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई भक्तपुर दधि कोट उन्नाइस लाख, ललितपुर चाँगाथलीबाट दुई लाख, ललितपुर सानोगाउँबाट चार लाख र भक्तपुर बालकोट बाट पाँच लाख पचास हजार गरी जम्मा ३० लाख ५० हजार ठगी गरेका थिए ।

    उनलेले व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी लुटपाट गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार