Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी डलर साटिदिने भन्दै लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर देखाई लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर चापागाँउ बस्ने सुरेश कोइराला, बिकाश तामाङ, दिपक दमाई, साजन तामाङ र प्रेम बहादुर तामाङ रहेका छन् ।

डलर लुटमा संलग्नहरुले आफूसँग भएको अमेरिकी डलर सस्तोमा साटिदिने र त्यसबाट राम्रो आम्दानी हुने भन्दै पीडितहरुलाई सम्पर्क गरेर एकान्त र जंगल क्षेत्रमा बोलाउँने र पीडितलाई डलर भनेर बाहिर डलर र भित्र नेपाली ५–१० रुपैयाँको बिटो बनाएको पोको दिएर नगद लुटेर भाग्ने गरेका थिए ।

उनलेले व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी लुटपाट गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गोकर्णेश्वर नगरपालिकाको अत्तरखेल र नाम्खेलबाट पक्राउ गरेको थियो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077