Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अश्लील भिडिओ बनाउनेमाथि कारबाही गर्न पूर्वमन्त्री खानको माग, साइबर ब्यूरोमा जाहेरी

    अश्लील भिडिओ बनाउनेमाथि कारबाही गर्न पूर्वमन्त्री खानको माग, साइबर ब्यूरोमा जाहेरी

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 513
    SHARES

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष तथा निवर्तमान खानेपानी मन्त्री अब्दुल खान आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्युरो पुगेका छन् । विद्युतीय कारोबारसम्बन्धी कसूरबारे उनले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दर्ता गराएका हुन् ।

    मुलुकी फौजदारी कार्यविधि (संहिता) २०४७ को दफा ४ को उपदफा ३ बमोजिम उनले साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका हुन् । योजनावद्ध तरिकाले चरित्र हत्या गर्न भिडिओ बनाउने समूहमाथि कारबाही गर्न उनले माग गरेका छन् ।



    आफ्नो चरित्र हत्या हुने गरी अश्लील भिडियो सामाजिक सञ्जालमा अहिले केही मानिसहरूले भाइरल गरेकाले उजुरी दिएको खानले बताए । उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि उजुरी दिएका छन् ।



    भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ । सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए ।

    त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ । खानले उक्त भिडिओ आफू सांसद हुनुभन्दा अगाडिको रहेको र अहिले विरोधीहरूमार्फत ‘लीक’ भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार