Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागूऔषधसहित धरानबाट एक जना पक्राउ

    लागूऔषधसहित धरानबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 468
    SHARES

    धरान । धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान-१६ नौलो बस्तीबाट १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो।



    पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानले जनाएको छ ।



    सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो ।

    पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशत्र प्रहरी बल बेस क्याम्प धरानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार