Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली बाबुबाट सक्कली नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरुङ रहेकी छन् । गुरुङले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी थिइन् ।

उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गुरुङलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो ।

२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन् ।

कटुवालले नागरिकता बनाइदिएवापत उनीसँग ५ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077