Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अर्काको श्रम स्वीकृतिलाई किर्ते गरी कतार जान खोज्ने नेपाली पक्राउ

    अर्काको श्रम स्वीकृतिलाई किर्ते गरी कतार जान खोज्ने नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 687
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली श्रम स्वीकृति बनाएर कतार जान खोज्ने एकजना पक्राउ परेका छन् ।

    अर्काको श्रम स्वीकृतिको कीर्ते गरी नक्कली श्रम क्युआर कोड बनाएर कतार जान लागेका प्रेमबहादुर नेपाली पक्राउ परेका हुन् ।



    विमानस्थल प्रहरीका अनुसार एयर इन्डियाको उडान २१६ बाट शुक्रबार दिल्ली हुँदै कतारको दोहा जान लागेका नेपाली पक्राउ परेका हुन् ।



    नवलपरासी घर भएका नेपालीले मोहम्मद शेख नाम गरेका व्यक्तिको श्रम कीर्ते गरेको पाइएको छ । उनी वेटर भिसामा कतार जान लागेका थिए । यसबारे थप अनुसन्धान भइरहेको बताइउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार