Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चीनियाँ सेनाले थाल्यो ताइवानलाई घेरा हाल्ने अभ्यास

    चीनियाँ सेनाले थाल्यो ताइवानलाई घेरा हाल्ने अभ्यास

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 618
    SHARES

    एजेन्सी । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ ।

    ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको हो ।



    चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।



    ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा लडाकु पानी जहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार