Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका दुई मन्त्रीले लिए शपथ

    वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका दुई मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 438
    SHARES

    मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



    नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तीर्थ लामा मन्त्री बनेका छन्। मन्त्रीद्वयले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।



    सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिंह आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री बनेका छन् ।

    प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनुभएको १६ दिनपछि आज बल्ल दुई जना मन्त्री नियुक्त गरे । अझै मुख्यमन्त्रीले अरू पाँच वटा मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार