Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरबाट अटोमेटिक पेस्तोलसहित घलान पक्राउ

मकवानपुर । मकवानपुरबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १२ पदमपोखरी बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलान रहेका छन् ।

घलानको साथबाट झोला ल्याउँदै गरेको म्याग्जिनसहितको मेड इन युएसए लेखिएको अटोमेटिक एक थान पेस्तोल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घलानलाई सरस्वती पट्रोल पम्प अगाडी पुर्ब पश्चिम लोक मार्ग सडक खण्डमा नेवारपानी तर्फबाट हेटौडा बजार आउंदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077