Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहका योजनाकार पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा असुल्ने गिरोहका मुख्य योजनाकार पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सोही प्रकरणमा यसअघि प्रहरील केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ । शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।

उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बुधबार पक्राउ परेका शर्माविरुद्ध अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077