Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायल पठाईदिन्छु भन्दै लाखौ ठगी, सुनिल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इजरायल पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ३ घर भई काठमाडौंको लाजिम्पाट बस्ने २६ वर्षिय सुनिल कुमार यादव रहेका छन् ।

पक्राउ परेका यादवले जि टु जी सम्झौता मार्फत् पक्राउ परेको ईजरायल पठाई दिने भन्दै ३१ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यादवले मासिक १ लाख ९० हजार रुपैयाँ कमाई हुने भन्दै रिता लामासहित अन्य २ जनासंग प्रति व्यक्ति १८ लाख रुपैयाँ मागेका थिए ।

यादव ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विकलाई आज सामाखुसीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका विकलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077