Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका र कोरिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने राणा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका र कोरिया पठाइदिने भन्दै करोडौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ स्थायी घर भई हाल बूढानीलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेका छन् ।

राणाले वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्ने भन्दै सयौँ व्यक्तिहरूलाई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पिडितहरुबाट करोडौँ रकम लिई सम्पर्कविहीन भएपछि उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

सोहीअनुसारमा विभागले कार्यालयमा पत्राचार गरेसँगै विशेष प्रहरी टोलीले राणालाई कपनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077