Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनको जनसंख्यालाई उछिन्दै भारत

    चीनको जनसंख्यालाई उछिन्दै भारत

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 735
    SHARES

    काठमाडौं । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ ।

    राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या उच्च दरमा वृद्धि भइरहेको र चीनमा घट्दो क्रममा रहेकाले केही समयमा नै चीनको स्थान भारतले लिने बताउँछन् ।



    अप्रिल १४ सम्ममा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले यसअघि नै प्रक्षेपण गरेको थियो। सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ। विज्ञ भन्छन्, ‘यो तथ्यांकलाई अब भारतले उछिन्ने छ। यही नोभेम्बरसम्ममा विश्वको जनसंख्या ८ अर्ब हुनेछ र त्यसमा भारत अग्रपंक्तिमा आउने छ।’



    सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड छ। त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्या बराबर हो। अन्य देशमा जनसंख्या वृद्धि सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०८० सम्ममा विश्वको जनसंख्या १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । अन्नपूणै पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार