Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित

    एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 687
    SHARES

    काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार एवं प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित भएका छन् ।

    संविधान दिवसको अवसरमा मिति २०७९ असोज ३ का दिन घोषित उक्त सम्मानित विभूषण अग्रवाललाई नयाँवर्षको दिन रामचन्द्र पौडेलले प्रदान गरेका हुन् ।



    बैशाख १ गते राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहमा अग्रवाल सम्मानित भएका हुन् ।



    बैंकले एक विज्ञप्ति जारी गरी अग्रवाल सम्मानित भएको बारेमा जानकारी गराएको हो । बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस सुखद अवसरमा जगदीश प्रसाद अग्रवालज्यूलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।’

    ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् ।

    अग्रवाल एनआईसी एशिया बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल ग्रुपको अध्यक्ष पनि छन् । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

    साथै, उहाँले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याएको बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार