Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारको विरोध नगर्न गगन थापालाई पौडेलको चेतावनी

    सरकारको विरोध नगर्न गगन थापालाई पौडेलको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 957
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले कांग्रेस महामन्त्री गगनकुमार थापालाई सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग आइतबार कुराकानी गर्दै सचिव पौडेलले यस्तो आग्रह गरेका हुन् । उनले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले कांग्रेस महामन्त्री थापाको पनि भएको बताए ।



    उनले थापाले सार्वजनिक मञ्चहरूबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए । उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे ।



    गठबन्धनलाई जोगाएर जनताको अपेक्षाअनुसारको काम गर्नुपर्ने उनको भनाई छ । पौडेलले सरकारका कमी, कमजोरीबारे सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार