Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • शुभारम्भ भएको २० दिनसम्म संचालन भएन महानगरको विद्युतीय इजलास, प्रधानमन्त्रीलाई यसरी बनाइयो जोकर

    शुभारम्भ भएको २० दिनसम्म संचालन भएन महानगरको विद्युतीय इजलास, प्रधानमन्त्रीलाई यसरी बनाइयो जोकर

    एसपी पाण्डेमाथि घुस लिएर गैरकानुनी संरचना निर्माण गर्न छुट दिइएको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । ठूलै तामझामक साथ गएको चैत १५ गते काठमाडौं महानगरपालिकाको न्यायिक समितिले विद्युतीय न्याय व्यवस्थापन प्रणाली (इजलास) संचालनको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट गरेको थियो । तर, इजलास उदघाटन गरेको २० दिन बितिसक्दा पनि विद्युतीय इजलास प्रणाली संचालन गर्न महानगरले सकेको छैन ।

    प्रधानमन्त्रीबाट उदघाटन गराएको विद्युतीय इजलास त्यही दिनबाट संचालन हुनुपर्नेमा २० दिनसम्म संचालन हुन सकेको छैन । उदघाटन गर्ने तर संचालन नगरी प्रधानमन्त्रीकै अपमान गर्ने काम महानगरको प्रशासनिक र राजनीतिक नेतृत्वले गरेको छ ।



    महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले प्रधानमन्त्रीलाई नै बेवकुफ बनाउने काम गरेका छन् । महानगरले विद्युतीय इजलास संचालन नै नगर्ने भए प्रधानमन्त्रीलाई उदघाटन गर्न लगाई जोकर बनाउने काम किन गरेको हो भन्ने प्रश्न उठ्न थालेको छ ।



    स्थानीयस्तरमा हुने विवाद निरुपण गर्न महानगरले विद्युतीय प्रणालीको विकास गरेको हो । विवाद समाधान छिटोछरितो र प्रभावकारी रुपमा समाधान गर्न ल्याएको एपको समेत प्रधानमन्त्रीले शुभारम्भ गरेका थिए ।

    त्यसैगरी, महानगरका मेयर बालेन साहले सिंघमको उपमा दिएर नगर प्रहरीको जिम्मा दिएका एसपी राजु पाण्डेले गैरकानुनी संरचना निर्माण गर्नेहरुलाई तर्साउँदै असुली गर्ने गरेको आरोप छ ।

    महानगरपालिकाको २८ वडामा पर्ने विश्वभाषा क्याम्पसको पछाडिपट्टि अद्वैतमार्गमा ब्यापारी अशोक सिंखडाको भवन मापदण्ड बिपरीत निर्माण भइरहेको भन्दै राजु पाण्डेको टोलीले रकम असुली गरेर छाडेको थियो ।

    २ महिनाअघि एसपी राजु पाण्डे, डीएसपी पूर्णचन्द्र भट्ट र इन्स्पेक्टर इश्वरीप्रसाद वाग्लेले घुस लिएर गैरकानुनी संरचना निर्माण गर्न छुट दिएका थिए । तर, एक महिनापछि महानगरको कानुन विभागमा पुनः सिंखडाले गैरकानुनी संरचना निर्माण गरेको उजुरी परेको छ ।

    कानुन विभागमा उजुरी परेपछि ब्यापारी सिंखडाले पोल खोल्ने चेतावनी दिएपछि पाण्डेसहितका तीनै जना नगर प्रहरीका हाकिमहरुले प्रमुख प्रशासकीय अधिकृतसम्म मिलाएकाले केही नहुने आश्वासन दिइरहेका छन् ।

    सिंखडा गोरखाका हुन् । गोरखा नै घर भएका डीएसपी भट्ट र इन्स्पेक्टर वाग्लेले सिंखडासँग कुरा मिलाएका थिए । तर, कानुन विभागमा उजुरी परेपछि एसपी पाण्डे अप्ठेरोमा परेका छन् ।

    बागबजारको काठमाडौं मोडल कलेज (केएमसी) पनि भवन संहिता बिपरीत निर्माण भएको बिषयमा एसपी पाण्डे, भट्ट र वाग्लेको टोलीले भत्काउने भन्दै बार्गेनिङ गरेर रकम असुली छाडिदिएका छन् । केएमसीको बहुतल्ले भवन निर्माण गर्दा वरिपरिका घरहरु चर्किने र भासिएको भन्दै स्थानीयले उजुरी पर्दा पनि नगर प्रहरीका पाण्डेले सुनुवाइ गरेका थिएनन् ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग विद्युतीय इजलासका बारेमा प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार