Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भट्टराईलाई बीचमा राखेर यसरी भोट मागेका पार्टी अध्यक्ष र सभापतिले अब कसरी मुख देखाउलान ?

    भट्टराईलाई बीचमा राखेर यसरी भोट मागेका पार्टी अध्यक्ष र सभापतिले अब कसरी मुख देखाउलान ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 3.2K
    SHARES

    तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसमा सदस्यमा निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । नेपाली कांग्रेसका नेता पौडेल राष्ट्रपति बनेपछि खाली बनेको सांसद पद पूर्तिका लागि भएको वैशाख १० गते सम्पन्न उपनिर्वाचनले नेपाली कांग्रेसलाई नराम्रो झड्का दिएको छ ।

    मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी भएको कांग्रेस उपनिर्वाचनसम्म आइपुग्दा पराजित हुन पुग्यो । कांग्रेस पराजित मात्रै भएन, उसको मतसमेत घट्यो । मंसिर ४ को निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन गठबन्धनको बलमा २५ हजार ३६१ मतका साथ विजयी भएका थिए । यो निर्वाचनमा पनि गठबन्धन कायमै रहेपनि कांग्रेसले आफ्नो मत जोगाउन सकेन।



    उपनिर्वाचनमा तनहुँकै पुराना नेता गोविन्द भट्टराईलाई कांग्रेसले उतारेपनि उनको पक्षमा नतिजा आउन सकेन । भर्खरै मात्रै कांग्रेस परित्याग गरी रवि लामिछानेको पार्टी प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई जनताले पत्याए ।
    ऋन्
    निर्वाचनमा रास्वपाका उम्मेदवार वाग्ले ३४ हजार ९१९ मतका साथ विजयी भए । जवकि मंसिर ४ मा रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मतमात्रै पाएका थिए । यो आधारमा रास्वपाले २८ हजार ८७५ मत बढायो । यता, कांग्रेसले भने २० हजार १२२ मत मात्रै पायो । यो आधारमा अघिल्लो चुनावको तुलनामा उपनिर्वाचनमा कांग्रेसको ५ हजार २३९ मत घटाएको छ ।



    यसैगरी एमालेको मत पनि थप खस्किएको छ। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार एक बहादुर रानाले १९ हजार ९८१ मत पाएकामा अहिले ह्वात्तै घट्यो । अर्थात् एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मात्र ८ हजार ४८८ मत पाए । यो आधारमा एमालेको धेरैमत रास्वपातिर गएको देखिन्छ । पाँच महिनाको अवधिमा एमालेलाई ११ हजार भन्दा धेरै मत कम परेको देखिन्छ ।

    त्यसो त राप्रपाको पनि उपनिर्वाचनमा ह्वात्तै मत घटेको तथ्यांकले देखाएको छ। निर्वाचनका आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा राप्रपाले २ हजार ४८४ मत पाएको थियो । तर, उपनिर्वाचनमा राप्रपाकी शोभा गुरुङले मात्र २१८ मत पाइन् ।

    उपनिर्वाचनमा ९ दल सहभागी भएकामा ५ दलले २०० मत पनि कटाउन सकेनन् । यस्तै मंसिर ४ को निर्वाचनमा १५ जना उम्मेदवार थिए । त्यतिबेला स्वतन्त्रबाट उम्मेदवारी दिएर गोविन्दराज जोशीले ६ हजार ८६८ मत मत पाएका थिए । यो निर्वाचनमा उनले रास्वपालाई सघाएको बताइएको छ ।

    मंसिर ४ को निर्वाचनमा सहभागी १५ दलमा ४ दल र एक स्वतन्त्रबाहेकका उम्मेदवारले ४०० मत पनि कटाउन सकेका थिएनन् ।

    कांग्रेस नेता भट्टराईलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्व मन्त्रीहरु किसान श्रेष्ठ, देव गुरुङलगायत तनहुँ पुगेका थिए । विशाल कोणसभामा सहभागी भएर उनीहरुले भट्टराईलाई जिताउन जनताहरुसँग आग्रह समेत गरेका थिए ।

    प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीहरुले गरेको आग्रहलाई समेत जनताले अस्वीकार गरे । उनीहरु प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री मात्रै नभएर पार्टी अध्यक्ष र सभापति समेत हुन् । उनीहरुको आग्रह जनताले अस्वीकार गरेको अवस्थामा अब पार्टी कसरी अगाडि बढ्ला ? गम्भिर प्रश्न उब्जिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार