Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साथीलाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ

    साथीलाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 1K
    SHARES

    मोरङ । मोरङ प्रहरीले साथीलाई कुटपिट गरेको आरोपमा १३ जना बालिकालाई पक्राउ गरेको छ ।

    मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनहिरुले सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेका थिए ।आरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको छ ।



    आरोपीहरुविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।

    सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

    गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार