Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ओली सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्न खोजियो : पदम गिरी

    ओली सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्न खोजियो : पदम गिरी

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 861
    SHARES

    झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगा प्रहार भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि आक्रमणको प्रयास भएको हो ।

    प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए ।



    गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो । ’



    सत्ता पक्षले प्रतिपक्षलाई जिस्काउने काम गरेको सचेतक गिरीको आरोप छ । एमालेले लोकतन्त्र संस्थागत बनाएर शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने बताए । उनले सत्तापक्षकै कार्यकर्ता घुसपैठ भएर एमाले नेतृत्वमाथि ढुंगामुढाको प्रयास भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार