Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमालेका प्रमुख सचेतक गिरीलले भने – सरकार धमाधम कार्यकर्तालाई पैसा बाँड्दैछ

    एमालेका प्रमुख सचेतक गिरीलले भने – सरकार धमाधम कार्यकर्तालाई पैसा बाँड्दैछ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 540
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् । प्रमुख सचेतक गिरीले माओवादीका पूर्वअयोग्य लडाकुलाई सरकारले २ लाखका दरले रकम दिने निर्णय गरेकोले त्यो खारेज हुनुपर्ने बताए।



    आर्थिक संकटका बेला सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको भन्दै प्रमुख सचेतक गिरीले निर्णय तत्काल खारेज गर्न आग्रह गरे ।



    उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

    एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए ।

    अयोग्य लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकबाट भएको थियो। गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार