Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 909
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्।

    शुक्रबार बसेको संसदको १४ औँ बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।



    उनले  नेकपा (माओवादी केन्द्र) का १३, नेपाली काँग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन्।

    कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक-एक सांसद छन् ।

    शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार