Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • प्रहरी कमान्डरलाई आइजीपी कुँवरको निर्देशन – अपराध अनुसन्धानमा केन्द्रित भएर काम गर्नुस्

    प्रहरी कमान्डरलाई आइजीपी कुँवरको निर्देशन – अपराध अनुसन्धानमा केन्द्रित भएर काम गर्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 996
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरीका कमान्डरहरूलाई रोलमोडल बनेर काम गर्न निर्देशन दिएका छन् ।

    नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रममा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने आईजीपी कुँवरको भनाई छ । आईजीपी कुँवरले समग्रमा प्रहरीप्रतिको दृष्टिकोण सामाजमा सकारात्मक बनाउन नागरिकप्रति अझ आत्मीय हुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने बताए ।

    नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति जवाफदेही भएर उत्कृष्ट तवरले कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड छ ।

    आईजीपी कुँवरले अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अभियुक्तलाई कानुनी दायरामा ल्याउन अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताए । आईजीपी कुँवरले आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिको लागि एक्यवद्ध भई कार्य गर्नुपर्ने बताए ।

    प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्न कमाण्डरहरूले आफूलाई रोलमोडलको रूपमा प्रस्तुत गर्दै जानुपर्ने उनले बताए । शान्ति सुरक्षामा आउने समस्या र चुनौतीहरूको सामना गर्न सबै प्रहरी कार्यालयहरूले आवश्यक रणनीति तथा कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै जान उनले निर्देशन दिए।

    समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरुले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति, विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक सेवा लगायत आ–आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार