Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सञ्चारमन्त्री शर्माले भनिन् – अयोग्य लडाकूलाई पैसा बाँड्ने पहिलेकै निर्णय हो

    सञ्चारमन्त्री शर्माले भनिन् – अयोग्य लडाकूलाई पैसा बाँड्ने पहिलेकै निर्णय हो

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 966
    SHARES

    दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलेकै भएको बताएकी छन्।

    नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं- ३ समन्वय कमिटीको आयोजनामा शान्ति नगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले पहिलेको निर्णयमा अहिले बखेडा झिक्न नहुने बताइन्।

    सञ्चारमन्त्री शर्माले भनिन्, ‘अयोग्य लडाकूलाई आर्थिक सहयोग गर्ने कुरा पहिलेको भएको हुँदा अहिले त्यसको विरोध गर्दै गिजोल्न खोज्नु गलत हुनेछ।’

    गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकूहरूलाई जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको थियो।

    जसको माओवादीबाट समर्थन हुँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार