Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु, ५१ जनामा संक्रमण

    नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु, ५१ जनामा संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको छ ।



    पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ को नतिजा पोजिटिभ आएको हो ।

    २०५ नमुनाको पीसीआर परीक्षण गर्दा २२ र एक हजार ३३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर ३५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार