Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल प्रहरीका सईले गरे लोबुचे हिमाल आरोहण

    नेपाल प्रहरीका सईले गरे लोबुचे हिमाल आरोहण

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 8.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) पुरुषोत्तम नेपालीले ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा उनी शुक्रबार हिमाल चढेका हुन् ।



    इन्टरपोलको शताब्दी वर्ष मनाउने योजनाअन्तर्गत नेपालको तर्फबाट नेपाल प्रहरीका कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउने तयारी गरेका छन्।



    आरोहणमार्फत आपराधिक क्रियाकलाप हुन नदिने, यसबाट नेपालको पर्यटन प्रवर्द्धन हुने साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने उद्देश्य रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार