Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • अयोग्य लडाकुहरुलाई दुई लाख दिँदैमा देश कंगाल हुँदैन : देवेन्द्र पौडेल

    अयोग्य लडाकुहरुलाई दुई लाख दिँदैमा देश कंगाल हुँदैन : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 777
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको भन्दै उनीहरुको सम्मान हुनुपर्ने बताएका छन् ।

    सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने बताएका हुन् ।



    सचिव पौडेलले भने, ‘बहिर्गमित लडाकुहरुले ल्याएको प्रणालीमा रसस्वादन गर्न कसैले छेकेन। अनि उनीहरुलाई राज्यले अलिअलि सम्झिदाखेरी कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेस्र्याउन आवश्यक छ र? कर्मचारी, प्रहरी, शिक्षकले तलव पाउनुपर्छ। राज्यले दिन्न कहीँ भनेको छैन। एक अर्ब कुनै ठूलो रकम होइन । त्यो एक अर्ब रकम देश र जनताको पक्षमा हिजो हिँडेकाहरु जसको टाउकोमा अहिलेपनि गोलि छ। उनीहरुले त्यो रकम छिट्टै प्राप्त गर्नुपर्छ।’

    सचिव पौडेलले २ लाख रुपैयाँ दिने निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको बताए। उनले आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिँदा करिव एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।

    सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने बताए।

    उनले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए। सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरुलाई राज्यले सम्झिदाखेरी बिरोध गर्नेहरुको विवेक हराएको टिप्पणी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार