Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धिरज सिंहलाई फूली लगाईदिने पाण्डेको हातमा हत्कडी

    धिरज सिंहलाई फूली लगाईदिने पाण्डेको हातमा हत्कडी

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 8.8K
    SHARES

    काठमाडौं । समयले मानिलाई कता डोर्याउँछ र कहाँ पुर्याउँछ कसैलाई पत्तो नै हुँदैन । प्रसंग हो, पूर्व गृह सचिव टेकनाराण पाण्डेको । कुनै बेला प्रहरीलाई नै निर्देशन दिने अझ भनौं नेपाल प्रहरीको नेतृत्वकर्ता रहेका सचिव पाण्डे अहिले प्रहरीकै हिरासतमा छन् ।

    उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव पाण्डेलाई यतिबेला काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ । नेपाल प्रहरीको सबैभन्दा ठूलो पद प्रहरी महानिरीक्षक (आईजीपी) लाई फूली फूली लगाइदिने तत्कालिन गृहसचिव पाण्डेलाई प्रहरीले आज पक्राउ गरेको हो



    कुनै दिन आइजीपीलाई फूली लगाउने हैसियतमा बसेका व्यक्तिले पदको मर्यादा कायम नराख्दा प्रहरीले नै यतीबेला उनको हातमा हत्डकी लगाएको छ ।



    भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । एक वर्ष अघि उनै पाण्डेले नेपाल प्रहरीको आईजीपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा फूली लगाइदिएका थिए ।

    अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भण्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो ।

    पूर्वआईजीपीमाथि छानविन गर्दै अख्तियार

    पूर्व आईजीपी सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । प्रहरी अस्पताल महाराजगञ्जको एमआरआई मेसिन खरिदमा १० करोड भन्दा बढी रकम अनियमितता गरेको तथा २० करोड भन्दा बढीको खरिदमा ठूलो घोटाला गरेको उजुरीमा आयोगले सिंहसँग अवकाशको ११ दिनमै करिव डेढ घण्टा बयान लिएको थियो । सिंहले चैत ११ गते अनिवार्य अवकाश पाएका हुन् ।

    प्रहरी अस्पतालमा १० वर्ष पुरानो एमआरआई मेसिन भित्र्याएर १० करोड कमिसन खाई संगठनलाई घाटा पु¥याउन लागिएको विषयमा परेको उजुरीलाई अख्तियारले गम्भीर रुपमा छानविन गरिरहेको छ ।

    प्रहरी अस्पतालमा १० वर्ष पुरानो मोडेलको एमआरआई मेसिन खरिद गर्न सीमित कम्पनीलाई स्पेक मिलाएर माघ २९ गते टेण्डर आह्वान गरिएको थियो ।

    त्यसैगरी पूर्वआईजीपी सिंहको पालामा प्रहरीले खरिद गरेका २०औं करोडका बन्दोबस्तीका सामान प्रतिस्पर्धा नै नगराई कोटेशनका आधारमा खरिद गरी घोटाला गरिएको थियो । केन्द्रबाट खरिद गर्दा टेण्डर गरी प्रतिस्पर्धा गराएर कम दरमा प्रस्ताव पेश गर्नेलाई ठेक्का दिनुपर्ने भएकाले सिंहले जिल्ला जिल्लाबाट खरिद गराएर करोडौं घुस असुल गरेको विषयमा पनि अख्तियारले छानविन गरिरहेको छ ।

    विभिन्न जिल्ला, प्रदेश र गणहरुमा कानून विपरीत कोटेशनका आधारमा डिएमएस बुटदेखि कोयर म्याट्रेससम्म खरिद गरी संगठनलाई करोडौं घाटा पुर्याइएको विषयमा पनि अख्तियारले छानविन गरिरहेको छ । सार्वजनिक खरिद ऐन छल्न केन्द्रबाट सोझै खरिद नगरी जिल्ला जिल्लाबाट टुक्राएर डिएमएस बुटदेखि कोयर म्याट्रेससम्म खरिद गरिएको थियो । हिमाली आईटम खरिदमा पनि टेण्डर नगरी कोटेशनकै आधारमा खरिद गरिएको थियो ।

    केन्द्रबाटै ठेकेदार तोकेर सबै जिल्लामा एउटै कम्पनीसँग सामानहरु खरिद गरिएको थियो । जिल्लाले नै किनेको भनिएपनि त्यसको एकमुष्ट कमिसन तत्कालिन आईजीपी धिरजप्रताप सिंहले नै लिएको आरोप लाग्दै आएको छ ।

    सिंहको पालामा स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा समेत दुई वटा ठूला चुनाव भए । ती चुनावमा म्यादी प्रहरीका लागि खरिद गरिएको पोशाकमा समेत ठूलो घोटाला गरिएको विषय सार्वजनिक भइसकेको छ । म्यादी प्रहरीलाई जाडोयाममा ज्याकेटसमेत नदिएर ठेकेदारसँग कमिसन लिएको आरोप आईजीपी सिंहमाथि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार